न्यूरो अस्पताल आफैंले गर्याे इमरजेन्सी वार्ड सिल

विराटनगर, १७ साउन । चिकित्सकमा कोरोना संक्रमण देखिएपछि न्यूरो अस्पतालको कोभिड १९ व्यवस्थापन समतिले इमरजेन्सी वार्ड फ्युमिगेसन र स्टेरिलाईजेसनका लागि सिल गरेको छ ।

दुई महिना अघि अस्पताल निर्देशकहरुको बोर्ड बैठकले कोभिड व्यवस्थापन निर्देशिका बमोजिम कोभिड व्यवस्थापन समिति बनाएको थियो । समितिका अध्यक्ष रञ्जितराज बस्नेतका अनुसार शुक्रबार इमेरजेन्सी वार्ड डिसइन्फेक्सन गर्नका लागि सिल गरिएको हो ।

शुक्रबार अस्पतालको इमरजेन्सीमा कार्यरत मेडिकल अफिसरको कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित व्यक्ति विराटनगर अस्पतालमा पनि कार्यरत थिए ।

यस अघि विराटनगर अस्पतालका सञ्चालक मध्येका एक जनामा कोरोना पोजिटिभ देखिएपछि अस्पतालका अन्य चिकित्सकहरुको पिसिआर जाँच गर्दा शुक्रबार उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

न्यूरो अस्पतालले दुई महिना अघि आइसोलेसन वार्ड बनाइसकेको थियो । आइसोलेसनमा कोरोनाका शंकास्पद व्यक्तीको उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

शंकास्पद व्यक्तीको स्वाब संकलन गरि अस्पतालले परिक्षणका लागि स्थानिय सरकार र प्रादेशिक सरकारलाई जानकारी गराँउदै आएको छ । शुक्रबार संक्रमित भेटिए सँगै उनको कन्टयाक ट्रेसिङ गरि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले न्यूरो हस्पिटलले कोभिडको प्रोटोकललाई ध्यानमा राखेर आफ्नो इमेरजेन्सी वार्ड सिल गरेकाे बताए ।

Loading...