नेकपाभित्रको विवाद वैचारिक होइन : मुख्यमन्त्री गुरुङ

कावासोती, १७ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका छन् ।

प्रेस सगंठन नेपाल नवलपुर शाखाले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका हुन ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको अर्को विकल्प नभएको उनले बताए ।

अध्यक्ष हटाउने कुरा वैधानिक नभएको उल्लेख गर्दै उनले पार्टी अध्यक्षलाई बहुमतका आधारमा हटाउनतर्फ लागे दुर्घटना हुने बताए ।

‘अहिले अध्यक्ष हटाउनतर्फ लागे गुडिरहेको गाडी दुर्घटनामा पर्छ’, मुख्यमन्त्री गुरुङले भने ‘सहमतिका साथ एकता महाधिवेशन गरी वैधानिकरूपमा अध्यक्ष भित्र्याउनुको अर्को विकल्प छैन ।’रासस

Loading...