सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्छ

काठमाडौं, १७ साउन । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडी बढाउनुपर्ने डा. रेग्मीले बताएका हुन ।

१४ दिनसम्म क्वारेन्टिनमा बस्ने गरी कुनै पनि पर्यटक नआउने कुरालाई मध्यनजर गर्दै द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने बताए ।

द्रुत गतीमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा राख्ने र कुनै लक्षण नदेखिए घुम्न पठाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

चाइनीज टु र अपरेटर्स एलाएन्स नेपाल घोषणा कार्यक्रममा उनले भने ‘द्रुत गतीमा कोरोना परीक्षण गरी पर्यटन क्षेत्र खुला गर्नुपर्ने बताए ।

नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको अवसरमा चाइनीज टुर अपरेटर्स एलाएन्स अफ नेपाल घोषणा भएको छ । नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई प्रदान गरिदै आएका सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले एलाएन्स घोषणा गरिएको हो

Loading...