विराटनगरमा पहिलो दिनको ‘लकडाउन’ कडा (फोटो फिचर)

विराटनगर, १७ साउन । समुदायस्तरमा काेराेना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका भित्र शनिबारबाट लकडाउन आह्वान गरिएको छ । समुदायस्तरबाट लकडाउन गर्न माग उठेपछि महानगरपालिकाले लकडाउन गरेको हो ।

शनिबार पहिलो दिन लकडाउन उल्लङघन नभएको स्थानीय प्रशासनले बताएको छ । बजारमा लकडाउन सवारीको चाप देखिएन् । सर्वसाधारणको उपस्थीति पनि कम देखिएको थियो ।

लकडाउन उल्लङघन गर्ने केहीलाई सम्झाएर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

समुदायस्तरमा संक्रमण देखिएकाले स्थानीय प्रशासनले लकडाउन पालना गराउने सवालमा शनिबार बिहानैबाट कडाई गरेको थियाे ।

दुई साताका लागि गरिएको ‘लकडाउन’ अवधिमा घरबाट बाहिर निस्किएर हिँडडुल गर्न, बजार पसल खुुल्ला राख्न, सवारी साधन सञ्चालन गर्न, एकअर्कामा सामूहिक रुपमा भेटघाट गर्न र मास्क नलगाइकन हिँड्न पूर्ण रुपमा रोक लगाइएको छ ।

लकडाउन ३० साउनसम्म रहनेछ ।

Loading...