१७ सशस्त्र प्रहरीसहित प्रदेशमा १९ संक्रमित थपिए, विराटनगरमा नयाँ संक्रमण देखिएन्

विराटनगर, १७ साउन । शनिबार प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २ र इलाममा १७ गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा १९ संक्रमित थपिँदा विराटनगरमा भने शनिबार कोरोना पोजेटिभ केस देखिएको छैन । दश दिनयता निरन्तर संक्रमित भेटिँदै आएको विराटनगरमा शनिबार नयाँ संक्रमित फेला नपरेका हुन् ।

झापामा संक्रमण पुष्टि भएका विर्तामोडका हुन् । इलाममा संक्रमण पुष्टि भएका १७ जना सशस्त्र प्रहरी कर्मचारी हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका ४० जनाको नमुना संकलन गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार ४४ पुगेको छ ।

Loading...