महिला बन्धक बनाउने पक्राउ

विराटनगर, १७ साउन । वैदेसिक रोजगारीको प्रलोभलमा पारी महिलालाई भारतमा पु¥याई बन्धक बनाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

छजना महिलाहरु कुवेत, साउदी र इराकमा आकर्षक रोजगारीको प्रलोभनमा पारी भारतमा बन्धक बनाएको बनाइएको थियो । प्रहरीले बन्धक बनाएको अभियोगमा खोटाङ राबाबेसी–१ घर भई धरान–११ बस्ने ३९ वर्षीय पुष्प परियार र दाङ, घोराही–१ घर भई काठमाडौ, लाजिम्पाट बस्ने ५६ वर्षीय प्रविन शविन शाहलाई पक्राउ गरेको छ ।

उनीहरुले मोरङ, झापा र पर्वतका ती महिलालाई २०७६ फागुन ३० गते नेपालगञ्ज नाका हुँदै भारतको नयाँ दिल्ली पु¥याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई दिल्लीस्थित एक घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातनासमेत दिइएको थियो । नेपाल प्रहरी र दिल्लीस्थित शान्ति पुनस्र्थापना केन्द्रको सहयोगमा उनीहरुको उद्दार गरी मनोपरामर्शपश्चात आफन्तको जिम्मा लगाइएको बताइएको छ ।

Loading...