एन्जाइटीबारे केही मान्यता र त्यसका तथ्यहरू

विराटनगर, १७ साउन । मनमा उत्पन्न भएको डरका कारण देखिने समस्यालाई एन्जाइटी भन्ने गरिन्छ । एन्जाइटीमा हुने भनेकै डर, तनाव र चिन्ता हो । चिन्ता के कारणले भएको हो त्यहीअनुसार एन्जाइटीलाई विभिन्न भागमा छुट्याइएको हुन्छ ।

मनमनै डर बढ्नुका साथै शारीरिक लक्षणहरू पनि देखा पर्न थाल्छन् । डर लाग्ने, मुटुको गति तेज हुने, सास फेर्न गार्हो हुने, शरीर कम्जोर हुने, टाउको दुख्ने, हातखुट्टा झमझम हुने, व्यवहारमा परिवर्तन हुने, अनौंठा विचार आउने, रिंगटा लाग्ने, मर्ने सोच आउने जस्ता लक्षणहरू देखा पर्ने गर्छ ।

कुनै पनि मानिसलाई जीवनमा एक न एक पटक पक्कै पनि एन्जाइटी भएको हुन्छ । स्कुलमा शिक्षकले बोलाउँदा, काम बिगारेको बेलामा, आमाबुबाले बोलाउँदा, मनपरेको मान्छे अगाडि आएमा वा अन्य कुराले डर अवश्य लागेको हुन्छ ।

यी कुराबाट डर लाग्नुलाई समस्या अवस्थाको रूपमा लिन सकिन्छ । तर, असामान्य अवस्थामा विना कुनै कारण मनमा डर भइरहने हुन्छ, अवचेतन मस्तिष्कमा विभिन्न कुराहरू आउन थालेमा यसलाई सामान्य मानिँदैन । कुनै प्रकारको कारणविना नै मनमा डर आइरहन्छ भने यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ ।

एन्जाइटि बारे केही मान्यता र त्यसका तथ्यहरू यस्ता छन्
मान्यताः एन्जाइटी कुनै वास्तविक रोग होइन ।
तथ्य: व्यक्तिको वास्तविक डरमा आधारित हुने हुँदा एन्जाइटी डिसअर्डर एक वास्तविक रोग हो ।

मान्यताः प्यानिक अट्याकका कारण चेतना गुमाउन सकिन्छ ।
तथ्य: प्यानिक अट्याकले मुटुको दरमा वृद्धि र रक्तचापलाई हल्का बढाउन सक्छ । चेतना गुमाउन रक्तचापमा द्रुत गतीमा ड्रप हुनुपर्छ । तसर्थ, प्यानिक अट्याकको समयमा बेहोश हुनु अत्यधिक दुर्लभ हुन्छ ।

मान्यताः केही व्यक्तिहरू सँधै चिन्तित हुन्छन् र उपचार गर्न सकिँदैन ।
तथ्य: केही व्यक्तिहरू सँधै चिन्तित भए यो आनुवंशिक लक्षण हुन सक्छ । एक व्यक्ति सँधै चिन्तित छ भने, उसलाई एन्जाइटी डिसअर्डर भएको हुन सक्छ जुन एक उपचारयोग्य हुन्छ ।

मान्यताः प्रतीक्षा गरे एन्जाइटी निको हुन्छ ।
तथ्य: प्रतीक्षा गरेमा, उपचार प्राप्त गर्नमा ढिलाइ गरेमा एन्जाइटी वर्षौंको अवधिमा थप खराब हुन सक्छ ।

मान्यता: थेरापीबाट सकारात्मक परिणामहरू आउन वर्षौं लाग्न सक्छ ।
तथ्य: व्यक्तिमा सकारात्मक परिवर्तनहरू देख्न प्रायः थेरापीको तीनदेखि चार सेसन मात्र लाग्छ ।

Loading...