birat ribon

थप ९३ जना कोरोना संक्रमणमुक्त

Neuro
थप ९३ जना कोरोना संक्रमणमुक्त

विराटनगर, १७ साउन । पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त हुँदै घर फर्किएका छन् ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार आज थप ९३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

संक्रमितको संख्या भने २० हजार नाघेको छ । विभिन्न प्रयोगशालामा ६ हजार ९ सय ९३ जनामा गरिएको पीसीआर परीक्षणमा थप ३१५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै काेराेना संक्रमितकाे संख्या २० हजार ८६ पुगेकाे छ । कुल संक्रमितमध्ये जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको छ ।

काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५६ रहेकाे छ । शनिबार कसैकाे पनि काेराेनाबाट मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ ।

jackson ribon