birat ribon

इलाममा एकै दिन १७ जना सुरक्षाकर्मीमा कोरोना

Neuro
इलाममा एकै दिन १७ जना सुरक्षाकर्मीमा कोरोना

इलाम, १७ साउन । इलाममा शनिबार एकै दिन १७ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएकाे छ ।

Padelux insider
cura insider

सङ्क्रमित सबै सशस्त्र प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालले बताए । उनका अनुसार इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको १ नम्बर गणमा रहेका सशस्त्र प्रहरीमा सङ्क्रमण भएको हाे ।

१२ साउनमा सशस्त्र प्रहरीका ४० जनाको स्वाब सङ्कलन गरिएकोमा १७ जनाको रिर्पोट पोजेटिभ आएको बरालले बताए ।

योसँगै इलाममा सशस्त्र प्रहरीका २७ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि साउन ११ गते पाँच जना साउन १६ गते पाँच जना सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो । गणमा परीक्षण गर्न बाकी रहेका अन्य सशस्त्र प्रहरीको आइतबार बिहान स्वाब सङ्कलन गरिने बरालले बताए ।

सङ्क्रमित सबैलाई मोरङको गोठगाउमा रहेको कोरोना अस्पतालमा उपचारको लागि पठाउन लागिएको छ । योसँगै इलाममा सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । उपचारपछि निको भएर २४ जना घर फिर्किएका छन् ।

jackson ribon