अल्लाहले कोरोनासँग लड्ने शक्ति प्रदान गरुन् : प्रदेश प्रमुख

विराटनगर, १७ साउन । एक नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद–उल–अजहा (बकर ईद) को शुभकामना व्यक्त गरेका छन् ।

कोरोना महामारीबाट बच्न घरमै बसेर बकर इद मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

इस्लाम धर्मावलम्बीहरू एकता र राष्ट्रिय स्वाभिमानका प्रतीक रहेको बताउँदै अधिकारीले बकर ईद पर्वले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउने उल्लेख गरेका छन् ।

घरमै सुरक्षित बसेर ईद मनाउन अनुरोध गर्दै उनले अल्लाहले सबैलाई कोरोनासँग लड्न सक्ने शक्ति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

Loading...