विराटनगर, १७ साउन । रक्त प्लाज्मालाई अस्पताल भर्ना गरिएका बिरामीहरूलाई दिँदा उनीहरूको मृत्युदर घटेको अनुसन्धानले देखाएको छ ।

कोरोनाभाइरस बिरामीहरूको लागि प्लाज्मा अध्ययन गर्न अमेरिकी संघीय सरकारको सहयोगमा काम गरिरहेका अनुसन्धानकर्ताहरूले यस्ताे कोरोनाबाट निको भइसकेकाको प्लाज्माले मृत्युदर ५७ प्रतिशत घटेकाे जनाएका हुन् ।
उनीहरूले कोरोना भाइरसबाट निको भएकाहरूबाट लिइएको रक्त प्लाज्मालाई अस्पतालमा भर्ना भएका बिरामीहरूलाई दिँदा उनीहरूको मृत्युदर ५७ प्रतिशतले घटेको बताए ।
अनुसन्धानकर्ताहरूको टोलीले कमसेकम एक सय वर्षदेखि महामारीमा प्रयोग भइरहेको सबै अध्ययनहरू हेरेपछि यो दृष्टिकोण निकालेका हुन् ।
रोगबाट निको भएकाहरूको रगतमा एन्टिबडी र अन्य प्रतीरक्षा प्रणाली यौगिकहरूले भरिएको हुन्छ जसले नयाँ संक्रमितको लागि प्रतिरक्षा प्रतिक्रियालाई सुरु गर्न सक्छ ।
विश्वभरि आठ सयभन्दा बढी कोरोना भाइरस बिरामीहरूमा गरिएको अध्ययनमा तीन अनियमित नियन्त्रणित परीक्षणहरू समावेश गरिएको छ ।
प्रि-प्रिन्ट सर्भर मेडआरक्सिभमा प्रकाशित रिपोर्टमा उल्लेख गरिएअनुसार अध्ययनमा समावेश सबै कोभिड १९ भएका बिरामीगरू गम्भीर वा जीवन-जोखिममा परेका हुन् ।
अध्ययनमा अन्वेषकहरूले बिरामीहरूलाई ट्रान्सफ्यूज गरिएको कन्भलेसेन्ट प्लाज्माले मृत्यु दर कम गर्ने निष्कर्ष निकालेका छन् ।
२५ प्रतिशत बिरामीहरूको तुलनामा प्लाज्मा दिइएका लगभग १५ प्रतिशत बिरामीहरूको ज्यान गएको थियो । यो मृत्यु दरमा ५७ प्रतिशत कम हो ।