प्रेस युनियन सुनसरीद्वारा अक्षयकोषको स्थापना

इटहरी, १७ साउन । प्रेस युनियन सुनसरीले पत्रकार गिरिराज आचार्य र स्वर्गीय याम प्रधानको नाममा अक्षयकोषको स्थापना गरेको छ ।

प्रेस युनियन सुनसरीका संस्थापक गिरिराज आचार्य र स्व. याम प्रधानको नाममा अक्षयकोष स्थापना गरिएको हो ।

बिहीबार युनियन कार्यसमितिको इटहरीमा बसेको बैठकले पत्रकारद्वय आचार्य र प्रधानको नाममा अक्षयकोष खडा गरिएको अध्यक्ष पवन अधिकारीले बताए ।

स्वर्गीय याम प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी दुई लाख र गिरिराज आचार्य प्रेस स्वतन्त्रता पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको अधिकारीले बताए ।

उनीहरूले प्रेस युनियनका लागि गरेको योगदान उच्च रहेकाले उक्त पुरस्कारको अक्षयकोष खडा गरिएको बताइएको छ ।

Loading...