
महान त्यागी
म आगो पिएर दौडिन्छु पथमा
को भन्छ दुखेर रोकिन्छु पथमा
जति छन् बिझाउने काँडाका फूलहरु
छातिमा उर्लने पीडाका मूलहरु
ती सबै बोकेर मिसिन्छु पथमा
को भन्छ दुखेर रोकिन्छु पथमा
मायाको इन्द्रेणी उजाडै भए नि
रोदनको औँसीले अँध्यारै रहे नि
हर रात बुनेर सपना पूर्णेको
बिहानी सम्झेर हौसिन्छु पथमा
को भन्छ दुखेर रोकिन्छु पथमा ।