दयाहाङको नीरञ्जलीसँग ‘बल्ल बल्ल भेट भो’ (भिडियोसहित)

विराटनगर, १७ साउन । अभिनेता दयाहाङ राई अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । दयाहाङको अभिनय रहेको ‘बल्ल बल्ल भेट भो’ बोलको गीतको म्युजिक भिडयाे शुक्रबार युटुबमा सार्वजनिक भएको हो ।

सो भिडियोमा दयाहाङलाई मोडेल नीरञ्जी थापाले अभिनयमा साथ दिएकी छन् । त्यसबाहेक भिडियोमा क्षितिज सुवेदीको पनि अभिनय छ ।

फिल्म निर्देशक मिलन च्याम्पसको निर्देशनमा बनेको सो भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

भिडियोलाई ध्रुवराज पराजुलीले सम्पादन गरेका हुन् ।

गीततर्फ गायिका दीपा लामा र तेम्बा शेर्पाको स्वर छ । नरेन्द्र बियोगीको एरेन्जमा बनेको सो गीतमा दीपक शर्माको शब्द र संगीत छ ।

Loading...