birat ribon

अन्त्यमा

Neuro
अन्त्यमा

सागर तिमिल्सिना

Padelux insider
cura insider

‘त्यसो भए तिमी नदिने ?’

दीपेन्द्रले बोलिसक्न नपाउँदै उर्मिला जंगिई ।

‘मैले दिन्न भनिसकेपछि तपाईलाई कतिपल्ट त्यही कुुरा दोहो¥याइरहनु ।’

उर्मिलालाई एक मन त लाग्दथ्यो, यो मान्छेलाई डिभोर्स दिए पनि फरक पर्दैन । बिहे भएको तीन वर्षमै दीपेन्द्रबाट उसले जति मानसिक पीडा भोगेकी छ, त्यो अझै भोग्ने तागत उसले गुमाइसकेकी छ । यस्तो मान्छेसँग सम्पूर्ण जीवन कसरी बिताउने ? पति–पत्नीबीच माया र विश्वास हराएपछि जीवनयापनको डोरी पनि कमजोर हुँदै जान्छ, जीवनयात्रा तनावपूूर्ण हुुन्छ । तर डिभोर्स मात्रै पनि यसको समाधान हुुन सक्दैन, आखिर ऊ दीपेन्द्रसँग सामाजिक बन्धनमा बाँधिएकी थिई । त्यसैले उसलाई यो बन्धनबाट सजिलै उन्मुक्ति हुुुनेवाला थिएन । दीपेन्द्र उसँग सजिलै उन्मुुक्ति मागिरहेको थियो, तर डिर्भोसपछिको जीवन सोचेजति सजिलो हुँदैन, यसतर्फ पनि उर्मिला सचेत थिई ।

‘म तिमीसँग जीवन बिताउन सक्दिन । तिमीप्रति मलाई पटक्केै विश्वास छैन र म तिमीलाई माया पनि गर्न सक्दिन । त्यसैले समझदारी यही हुुन्छ कि हामी अहिले नै छुुट्टिएर बस्दा वेश हुुन्छ । तिमी आफैं पढेलेखेकी छौ, राम्ररी सोच ।’ दीपेन्द्र फेरि पनि उर्मिलासँग प्रतिपाद गर्दै थियो । तर उर्मिलाले दीपेन्द्रको कुरामाथि ध्यान दिइन । ऊ दीपेन्द्रको कुरै नसुुनी जवाफ फर्काउँथी ।

‘पढेलेखेकै हुनाले मैले भनिसकेँ, यो काम मबाट हुँदैन । के म वस्तु हुँ र यति सजिलै उपभोग गरेर मिल्काउने ? म मान्छे हुँ, मेरो पनि भावना छ । मैले तपाईलाई यथार्थ के हो भनेर बताइसकेको छु । तपाईले विश्वास नगर्नु तपाईकै कमजोरी हो । बितिसकेका कुुरामा पूूर्वाग्रह राखेर आउने दिनहरुलाई कुरुप बनाउने चेष्टा तपाई आफैंले बनाउँदै हुनुहुन्छ । तपाई पनि पढेलेखेकै हुनहुन्छ, सोेचेर मात्र यस्ता कुुरामा निर्णय लिनुस् । जीवनका महत्वपूूर्ण कुुराहरुमा वचपना निर्णय नर्गनुस्, पछि पश्चाताप गर्ने ठाउँसमेत नरहला ।’ उर्मिला दीपेन्द्रको आँखामा एकटक हेरेर बोलिरहेकी थिई ।

‘मैले धेरै कुरा सोचविचार गरेरै निर्णय लिएको हुँ । तिमीसँग मेरो व्यवहार कुुनै हालतले मिल्न सक्दैन । मैले तिमीलाई बुुझिसकेको छु,, तिमी अर्कै सोचाइकी केटी हौ, तिम्रो र मेरो सोचाइ नै अलग छ । तिम्रो विगत र वर्तमान पनि अपवित्र सम्बन्धहरुमा आकर्षित छ । तिमीलाई विश्वास गर्ने आदर्श मसँग छैन । तिम्रो स्पष्टिकरणमा विश्वास गर्ने ठाउँसमेत छैन, मैले आफ्नै आँखाले देखेको प्रमाणलाई के म गलत मान्नु ?’ दीपेन्द्र त्यही कुुरामा अड्डी कसिरहेको थियो । उसले उर्मिलासँग मागेको सम्बन्धविच्छेदको स्वीकृतिलाई उर्मिलाले बारम्बार इन्कार गरिसकेकी थिई ।

यी दुवैजना वैवाहिक जीवनमा प्रवेश गरेको तीन वर्ष मात्र भएको थियो । तीन वर्षभित्रै उनीहरुको सम्बन्धमा तिक्तता सुरु भइसकेको थियो । एउटा सिङ्गो जीवन अब कसरी अघि बढ्छ, उर्मिला भावुक भएर सोच्दथी ।

‘लौ, तपाई विश्वास नगर्नुहोस् । तर हाम्रो सम्बन्ध अहिले नै कानुनीरुपमा विच्छेद हुन सक्दैन । मेरो पनि आफ्नो परिवेश छ, अहम छ त्यो तपाईको संकुचित दृष्टिले भत्किनु हुँदैन । तपाईका आक्षेपहरु निराधार छन् । म ठिक छु कि गलत भन्ने समयले बताउने छ । हामीले त्यो समयसम्म पर्खिनुु पर्छ । बरु अहिलेलाई एउटा सम्झौता गरौ … एकअर्कालाई बुुझ्ने समयको सम्झौता । सम्बन्धविच्छेदको कुरा बिर्सिएर केही समय एकअर्कालाई बुझ्ने कोसिस गरौं । उदार चित्त र सकारात्मक भएर सोचौं, त्यति गर्दा पनि यदि चित्त बुझेन भने त्यसपछि छुट्टिएर बसौंला ।’ उर्मिला बोलिरहेकी थिई, दीपेन्द्र सुनिरहेको थियो, प्रतिक्रियाविहीन भएर । उर्मिलाको सम्झौतालाई उसले स्वीकार ग¥यो अथवा अस्वीकार, केही नबोली ऊ बाहिर निस्कयो ।

केवल, एउटा मोबाइलको म्यासेजले दीपेन्द्रसँगको सम्बन्धलाई कमजोर बनाइदेला भन्ने उर्मिलाले कल्पनासम्म गरेकी थिइन । उसले दीपेन्द्रलाई इमान्दारीपूर्ण सबैकुरा भनिसकेकी थिई, उसले विवाहपूर्वका घटनाहरु र बिर्सिसकेका घटनाका पात्रहरुका विषयमा पनि बताएकी थिई । तर दीपेन्द्र विश्वस्त भएन । ऊ प्रत्येक कुरालाई शंकाको दायरामा राखेर हेर्दथ्यो । म्यासेजको विषयलाई दीपेन्द्रले यतिबिघ्न तन्कायो कि यो चुँडिन मात्र बाँकी थियो । उर्मिलाले जति सफाइ दिए पनि दीपेन्द्र कन्भिन्स हुन सकेन ।

उर्मिलाको जीवनमा कतिपय कुुरा आफूले नचाहँदा–नचाहँदै पनि प्रकट भइदिन्छ । वास्तवमा तीन वर्षअघि उसले दीपेन्द्रसँगको वैवाहिक सम्बन्ध नै चाहेकी थिइन । परिस्थितिसँग बाध्य भएर मात्र उसले विवाहलाई स्वीकार गरी ।

दिनेशलाई उर्मिलाले जति विश्वास र प्रेम गर्दथी, यदि दिनेशबाट कुठाराघात नभएको भए दीपेन्द्रसँगको सम्बन्ध असम्भव थियो । दिनेशले उर्मिलाको निश्चल प्रेमलाई तिरस्कार गरेको थियो ।

यो उर्मिलाका लागि जीवनको पहिलो हार थियो । त्यही पराजित मनस्थितिमा दीपेन्द्रसँग उसको विवाह भएको थियो । जसलाई उस्ले पछि आएर स्वीकार गरिसकेकी थिई, दीपेन्द्रसँगकै सम्बन्धलाई उसले बाँच्ने आधार बनाइसकेकी थिई । तर त्यही आधार पनि अहिले कमजोर बनेर भत्किन लागेको छ ।

अस्ति माइजुको भाइ काठमाडौं आउँदा उर्मिलालाई फोन गरेर कोठामै भेट्न आएको थियो । संयोगले उसको नाम पनि दिनेश नै हो । उसलाई चिया बिस्कुट दिएर मामामाइजुको खबर सोध्दै थिई, त्यहीबेला दीपेन्द्र अफिसबाट कोठामा आइपुुगेको थियो । त्यसबेला त उसले केही भनेन दिनेशसँग परिचय गरेर राम्रैसँग कुुराकानी ग¥यो । तर दिनेश गइसकेपछि बेलुका रक्सी खाएर सोच्नै नसक्ने गरी उर्मिलालाई अनेकन आक्षेप लगाएको थियो ।

‘म कोठामा नभएको मौका पारी त्यसलाई किन बोलाएको ? त्योसँग तेरो के सम्बन्ध छ ? मोबाइलमा म्यासेज गर्ने व्यक्ति यही हो ? तैले मलाई झुट बोलेर आश्वस्त पार्ने कोशिस गर्दैछेस्, तेरो त्योसँग अनैतिक सम्बन्ध छ ।’

उर्मिलालाई राति अबेरसम्म उसले घोचपेच गरेको थियो, दीपेन्द्रको रक्सीको नशालाई उत्तेजित नबनाउन उर्मिलाले ‘भोलि तपाईलाई रक्सीले छोडेपछि म कुरा गर्ने छुु । अहिले भैगो, तपाईलाई नशा चढेको छ, त्यस्ता केही कुरा नगरी सुत्नुहोस्’ मात्र भनेकी थिई ।

यतिमात्र होइन, दीपेन्द्रले अन्य कुराहरुमा समेत उर्मिलालाई अनावश्यक दोष लगाउने गर्दथ्यो । उसले एक दिन कोठामै लिएर आएको साथीलाई उर्मिलाले राम्रो व्यवहार गरिदिँदा उल्टै अनेक आक्षेप लगाएको थियो । उर्मिलाले त लोग्नेको साथी हो, पछि के भन्ला भनेर मात्र राम्ररी बोलिदिएकी थिई, तर दीपेन्द्रले अन्यथा सोच्न पुुग्यो । ‘किन उसँग मस्की–मस्की बोल्नु पर्दथ्यो, उसलाई पहिलेदेखि नै तैले चिनेकी थिइस्, नत्र कहिले नदेखेको मानिससँग त्यसरी नजिकिनुपर्ने के कारण हुन्थ्यो ।’ जस्ता शब्दहरुले उर्मिलाको चरित्रमाथि औंला ठड्याएको थियो ।

तर उर्मिलाले त पतिको साथीलाई गर्नुपर्ने स्वागतभन्दा एक इन्च पनि अगाडि बढेर केही गरेकी थिइन । दीपेन्द्रको संकुचित भावनासँग उर्मिलाको फराकिलो मन अटाउन नसक्ने निचोड उसले त्यतिबेला नै निकालेकी थिई । तर, दीपेन्द्रको नकारात्मक सोचलाई परिवर्तन गर्ने दृढता पनि उसँग थियो, जसले गर्दा उसका धेरै कुराहरु धैर्य गरेर ऊ सहिदिन्थी । जोसँग आफूूले सम्पूूर्ण जीवन बिताउनुपर्ने हो, त्यसभित्रको फोहोरमैला सफा गर्न उसले हरतरहले कोसिस गर्ने संकल्प गरेकी थिई ।

उर्मिलाको माइतीघर झापा हो र दीपेन्द्रको विराटनगर । दीपेन्द्रको काठमाडौमा कर्पोरेटमा जागिर थियो । दीपेन्द्रको कमाइ राम्रो भएकाले उनीहरुको जीवनशैली पनि राम्रै थियो । विवाहपूूर्व कलेज जीवनमै उर्मिलाको दिनेशसँग प्रेमसम्बन्ध बनेको थियो । दिनेश मध्यमवर्गीय परिवारको अध्ययनशील र चरित्रवान युवक थियो । दिनेशको सरल व्याक्तित्वले उर्मिलालाई लोभ्याएको थियो । फलस्वरुप दुवैजनाले एकअर्कालाई मन पराएर नजिकिएका थिए । दुवैजनाको बीचमा पवित्र मायाको आकर्षण थियो, उत्कृष्ट सपना र उच्चस्तरको जीवन बाँच्ने प्रतिबद्धता थियो । बीकम उत्र्तीण भएपछि दिनेशको अस्ट्रेलियामा भिसा लाग्यो । अस्ट्रेलियाको अध्ययन सकेर उतै जगिरको बन्दोबस्त गरी बसाइ प्रक्रिया मिलाएर नेपाल फर्किने वचनबद्धता दिनेशले उर्मिलासँग गरेको थियो ।

नेपाल फर्किएपछि विवाह गरी अस्ट्रेलियामै बसोबास गर्ने दुवैले कसम खाएका थिए । तर अस्ट्रेलिया गएपछि दिनेशले सुरुमा केही दिन उर्मिलालाई फोन ग¥यो । त्यसपछि बिस्तारै उसले फोन गर्न छाड्यो, यताबाट उर्मिलाले जति गरे पनि फोन सम्पर्क हुुुन सकेन, सायद दिनेशले फोन नम्बर नै परिवर्तन गरेको हुनुपर्दछ । जसले गर्दा उर्मिलाको दिनेशसँगको सम्बन्ध टाढिन थाल्यो । सम्बन्धको अन्तराल विस्मृतिको कालो छायाले ढाकेर मेटाइदियो । दिनेशको याद मेटिँदै जान थालेपछि परिवारको करकापमा उर्मिलाले दीपेन्द्रसँग विवाह गरी । दिनेशसँगको सम्झना र प्रेम उर्मिलाको अन्तरकुुन्तरबाट पनि पट्टाक्षेप भइसकेको थियो । पछि दीपेन्द्रकै गाउँको कसैबाट सुनेकी थिई, दीपेन्द्रले अस्ट्रेलियामै विवाह गरिसकेको थियो रे !

‘उर्मिला … अस्ट्रेलियामा मैले सबै प्रक्रिया पूरा गरिसकेँ, योबीचमा तिम्रो मायाको सम्झनालाई मुटुमा साँचेर बसेको थिएँ । म पढाइ र अस्ट्रेलिया बस्ने प्रक्रियामा ब्यस्त भएकाले तिमीसँग लामो समय सम्पर्क हुन सकेन । तिमी मलाई नै पर्खेर बसेकी हौली ! सायद हामी दुवैले खाएको कसम तिमीले तोडेकी छैनौ भन्ने विश्वासमा छुु । म नेपाल आउँदैछुु, अब हाम्रो सपना र मायाको कसम पूर्ण हुनेछ– तिम्रो दिनेश ।’

यो म्यासेज उर्मिलाको मोबाइलमा आएको थियो । सम्पर्क टुटेको पाँच वर्षपछि दिनेशको म्यासेज उर्मिलाको मोबाइलमा आउनु आश्चर्य थियो । उसले कहाँबाट उर्मिलाको मोबाइल नम्बर प्राप्त ग¥यो । यदि मोबाइल नम्बर अरुबाटै पाएको हो भने, उसले उर्मिलाको विवाह भइसकेको जानकारी पनि पाउनुपर्ने हो । तर दिनेश उसको मस्तिसकबाट हराइसकेको पात्र हो । दिनेशप्रति रत्तिभर पनि सम्झना जीवित छैन, उसको जीवनमा दिनेश धुमिल भएको सपनाभन्दा अरु केही हैन । तर यसबेला म्यासेज आउनु दुर्भाग्य हो ।

उसले म्यासेज पढेर डिलिट गर्न खोजेकी थिई तर तुरुन्तै के काम परेर म्यासेज इनबक्समै रहेको थियो । त्यही म्यासेज दीपेन्द्रले देखेपछि उनीहरुबीचमा असमझदारी उत्पन्न भएको थियो । उर्मिलाले कलेज समयका ती सबै घटनाहरु आफूूले बिर्सिसकेको र त्यसमा आफ्नो कुनै सम्बन्ध नरहेको बताउँदा पनि दीपेन्द्र पत्याउन तयार भएन । वास्तवमा उर्मिलाले दीपेन्द्रसँग विवाह भएपछि सबै घटनाहरुलाई सपनासरह ठानेर आफ्नो मनबाट निकालिसकेकी थिई । ऊ दीपेन्द्रप्रति नै इमान्दार र समर्पित थिई । तर दीपेन्द्र उर्मिलाको समर्पणमाथि शंकालु बन्दै गएको थियो ।

नौ वर्षअघिको यो घटना सम्झदा उर्मिलाको जीउ सिरिङ्ग हुन्छ । जीउभरि काँडा उम्रिएको भान हुन्छ । यदि त्यो समयमा उर्मिला अलिकति पनि विचलित भएकी थिई भने दीपेन्द्रसँग जीवनको गाडा अहिले यहाँसम्म आइपुुग्ने थिएन ।

ममी … मलाई बाबाले ल्याइदिएको मोबाइल म कसैलाई पनि दिन्न …’

छोरी आस्थाको बोलीले उर्मिला झस्किन्छे । प्लास्टिकको खेलाउने पल्लो कोठाको फुच्चे सुदेशले खोस्न खोजेछ, ऊ दौडदै उर्मिलाको नजिक आएकी थिई । आस्था पनि हेर्दाहेर्दै पाँच वर्षकी भइसकिछ । यही आस्था जन्मेपछि दीपेन्द्रको व्यवहार र स्वभाव परिवर्तन भएको हो । दीपेन्द्र अहिले उर्मिलासँग कुुनै विवाद गर्दैन, कुुनै आक्षेप लगाउँदैन । उर्मिलाका सबै कुरा सुुुन्छ, विश्वास गर्छ र माया पनि । झण्डै टुटिसकेको सम्बन्ध अहिले मजबुत र विश्वासिलो भएको छ । आज दीपेन्द्रमा जुन परिवर्तन आएको थियो, त्यसका लागि उर्मिलाले धेरै प्रयत्न र धैर्य गरेकी थिई । यदि दीपेन्द्रसँग सम्झौता गरेर एकअर्कालाई बुझ्ने वातावरण नमिलेको भए सम्बन्ध त्यतिबेलै टुटिसकेको हुुन्थ्यो ।

त्यसपछि दिनेशको म्यासेज, फोन केही पनि आएन । त्यो म्यासेज किन र कसरी आएको थियो उर्मिलाले अहिलेसम्म बुझेकी छैन । दिनेशले आवेशमा आएर उर्मिलाको घर भड्काउन म्यासेज गरेको थियो अथवा अरु कसैले नै उनीहरुको सम्बन्ध बिगार्न खोजेको थियो, त्यसलाई कहिल्यै उर्मिलाले खोज्ने कोसिस गरिन । तर त्यो म्यासेजले झण्डै उसको घर भत्किएको थियो, अहिले सम्झिँदा पनि जसलाई अत्यास लाग्छ ।

jackson ribon