एभरेष्टको अनलाइन कक्षा प्रभावकारी

विराटनगर, १७ साउन । कोरोना महामारी त्रासका कारण शैक्षिक संस्था बन्द छन् । बन्द रहेका शैक्षिक संस्थाले आफ्ना विद्यार्थीहरूलाई अनलाइन माध्ययमबाट अध्यापन गराइरहेका छन् ।

विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले अनलाइन कक्षालाइ प्रभावकारी बनाएको छ । कोरोनाका कारण बन्दाबन्दी भएपछि वैकल्पिक रूपमा थालिएको अनलाइन कक्षालाई प्रभावकारी बनाएको हो ।

नयाँ अभ्यासका रूपमा थालिएको अनलाइन कक्षामा विद्यालयको कक्षा ११ र १२ का ९० प्रतिशतभन्दा बढी र कक्षा नर्सरीदेखि १० सम्म ८५ प्रतिशत विद्यार्थीले सहभागिता जनाउने गरेका छन् ।

कक्षा १२ कि छात्रा अविषा निरौलाले भन्छिन् ‘कक्षाकोठामा बसेझै अन्तर्क्रियासहित अध्ययापन हुन्छ । अहिले कोर्ष पूरा भएपनि कुनै जिज्ञासा हुँदा अनलाइनबाट समाधान खोज्ने वातावरण समेत छ ।’

कोभिडका कारण कक्षा ११ र १२ को परीक्षासमेत हुन नपाइरहेको सन्दर्भमा एभरेष्टले कक्षा ११ का विद्यार्थीहरूलाई परिक्षाअगावै १२ को समेत अध्यापन गराइरहेको छ ।

एसईईको परीक्षाफल कुरेर बसेका विद्यार्थीहरूलाई कक्षा ११ मा भर्ना ह्ुनुपूर्व निःशुल्क ब्रिज कोर्षको अनलाइन कक्षा सञ्चालन गर्दै आएको बताएको छ ।

विद्यालयका सहप्राचार्य नवराज कोइरालाका अनुसार कक्षा ११ को सम्पूर्ण पाठ सकेर उनीहरूलाई १२ कक्षाको अध्यापन सुरु गरिएको हो ।

एसईईको नतिजा प्रकाशनसँगै एभरेष्टले विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र कानून संकायमा कक्षा ११ को नयाँ कक्षा सञ्चालनको तयारी गरेको उनले बताए ।

८४ जना विद्यार्थीबाट २०५० सालमा सुरु भएको विद्यालय, विद्यार्थी र अभिभावकको मन जित्दै अहिले २५ सयभन्दा बढी विद्यार्थीको रोजाईमा पर्न सकेको विद्यालयका प्राचार्य टीकाराम पुरीले बताए । नर्सरीदेखि स्नातकोत्तरसम्म अध्ययापन गर्ने तयारी गर्दै गरेको एभरेष्टले यसैसत्रदेखि स्नातक तहको अध्ययापन गर्ने उनले बताए ।

Loading...