सिरी ‘ए’ : युभेन्टस र रोमा भिड्दै, इन्टर नापोली र मिलान पनि प्रतिस्पर्धामा

एजेन्सी, १७ साउन । इटालियन सिरी ‘ए’मा आज राति पाँच खेल हुँदैछन् । आज १० वटा टोलीले २०१९–२० को सिजनको अन्तिम खेल खेल्दैछन् ।

आज लिग च्याम्पियन बनिसकेको युभेन्टस, इन्टर मिलान, नापोली, एसी मिलान, लाजियो, अटलान्टा र रोमा पनि प्रतिस्पर्धामा छन् ।

दुई खेलअगावै च्याम्पियन बनेको युभेन्टसले आज रोमासँग खेल्दैछ । युभेन्टसको मैदानमा हुने यो खेल राति १२ः३० बाट सुरु हुनेछ । यस खेलमा युभेन्टस सुखद अन्त्य गर्ने दाउमा रहेको छ । युभेन्टस शीर्ष स्थानमा रहेको छ भने रोमा पाँचौं स्थानमा छ ।

सोही समय इन्टर मिलानले इन्टर अटलान्टासँग खेल्नेछ । यो खेल अटलान्टाको मैदानमा हुनेछ । लिगमा इन्टर दोस्रो तथा अटलान्टा तेस्रो स्थानमा छ ।

राति साढे बाह्र बजे नै चौथो स्थानको लाजियोले सातौं स्थानको नापोलीसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नापोलीको मैदानमा हुनेछ ।

सोही समय मिलानले आफ्नै मैदानमा क्याग्लीआरीसँग प्रतिस्पर्धा गर्दैछ । मिलान लिगको छैटौं स्थानमा तथा क्याग्लीआरी १३औं स्थानमा छ ।

त्यसअघि राति ९ः४५ बजे ब्रेसिया र साम्पोडोरियाले खेल्दैछन् । यो खेल ब्रेसियाको मैदानमा हुनेछ । लिगमा साम्पोडोरिया १५औं तथा ब्रेसिया रेलिगेशन जोनमा छ ।

Loading...