birat ribon

बच्चाहरू नभएको बस्ती

Neuro
बच्चाहरू नभएको बस्ती

भूपीन खड्का

Padelux insider
cura insider

बच्चाहरू नभएको बस्ती
बर्बर हुन्छ ।

हातमा बन्दुक र गोजीमा चक्कु बोकेर
दिउँसै खुलेआम हिँड्छ अपराध ।
बस्तीको सत्ता अन्धकारले कब्जा गर्छ ।
बच्चाहरू नभएको बस्ती
कुरूप हुन्छ ।

बच्चाहरू त फूलबारी हुन्
उनीहरूको मुस्कान रङ्गीचङ्गी फूल
उनीहरूको चुम्बन सुगन्धित वासना
उनीहरूको उछलकुद पुतलीहरूको उडान
उनीहरूको चित्कार फूलको मुर्झाइ ।

हे बिरामी मानिस !
सुँघ बच्चाहरूको गन्ध टाँसिएका कपडा
पुछ काखमा लागेको बच्चाको गुहु र मुत
बच्चाहरूसँग खेल
बच्चाहरूको ¥यालदानी र डाइपर फेरिदेऊ
दुध र लिटोका छिटा
तिम्रो अनुहारमा पर्न देऊ
दिनमा एकचोटी तिमी स्वयम् बच्चा बन ।

बच्चाहरू पढ
र पत्ता लगाऊ आफ्ना असफलताहरू
हेर
उनीहरू कसरी दुस्मन मिलाउँछन् ?
उनीहरू कसरी बादशाहलाई पनि नाङ्गै देख्ने साहस गर्छन् ?
झुटो हुन्छ
बच्चाहरूले हल्ला नगर्ने समाज
र कुनै अपराधको तयारी गरिरहेको हुन्छ ।

बच्चा बेरिएको आमाको नालमा झुन्डिएर
ओर्लिन्छ स्वर्ग पृथ्वीमा
र साम्राज्य विस्तारमा निस्किएको नर्क
विस्थापित हुन्छ ।

बच्चाहरू नभएको बस्ती
क्रुर हुन्छ !

jackson ribon