birat ribon

५ वर्षमुनिका बालबालिकाको नाकमा भाइरल लोड धेरै हुने

Neuro
५ वर्षमुनिका बालबालिकाको नाकमा भाइरल लोड धेरै हुने

विराटनगर, १७ साउन । ५ वर्षभन्दा मुनिका बालबालिकाको नाकमा भाइरल लोड धेरै हुने अध्ययनले देखाएको छ ।

Padelux insider
cura insider

शिकागोको लुरी चिल्ड्रेन्स अस्पतालका बाल रोग संक्रामक रोग विशेषज्ञ डा. टेलर हेल्ड-सार्जेन्टले सार्स कोभ २ का परीक्षण गरेर सकारात्मक परिणाम देखाएकाहरूमध्ये ५ वर्षभन्दा माथिका र वयस्कहरूकाे तुलनामा ५ वर्षभन्दा मुनिका बालबालिकाहरूको नाकमा उच्च कोरोना भाइरसको भार (भाइरल न्यूक्लिक एसिडको उच्च मात्रा) बढी रहेको बताएका छन् ।

अध्ययनका लागी सार्जेन्ट र उनको टोलीले लक्षण सुरु भएको एक हप्तामा हल्कादेखि मध्यम कोभिड १९ बिरामीहरूबाट संकलन गरिएको १ सय ४५ स्वाब नमूनाहरूको विश्लेषण गरिएको थियो ।

तीमध्ये ४६ जना ५ वर्षमुनिका बालबालिका, ५१ जना ५ देखि १७ वर्षबीचका बच्चाहरू र ४८ जना १८ देखि ६५ बीचका वयस्कहरू थिए ।

जामा पेडियाट्रिक्स जर्नलमा प्रकाशित अध्ययनमा नमूनाहरू मार्चको अन्त्यमा र अप्रिलको अन्त्यमा विभिन्न ठाउँका बिरामीहरूबाट संकलन गरिएको उल्लेख छ ।

५ वर्षभन्दा बढी उमेर भएका बच्चाहरू र वयस्कहरुको तुलनामा ५ वर्षभन्दा मुनिका बच्चाहरूको नाकमा कोरोना भाइरसको १० देखि १०० गुणा बढी आनुवंशिक तत्वहरू पाइएको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन् ।

jackson ribon