वीरगञ्जमा सांसदसहित थप ६४ जनामा कोरोना

वीरगञ्ज, १७ साउन । वीरगञ्जमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवसहित थप ६४ जनालाई कोरोना संक्रमण देखिएको छ ।

सांसद प्रदीप यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ३ महिलासहित ६४ जनामा संक्रमण देखिएको छ । संक्रमतिहरू १५ देखि ६८ वर्ष उमेर समूहका रहेका छन् ।

डा. उपाध्यायका अनुसार सांसद यादवसहित उनका सवारी चालक र पिएसओ पनि संक्रमित भएका छन् ।

त्यसैगरी अन्य संक्रमित हुनेहरूमा नारायणी अस्पतालका चिकित्सक र कर्मचारी गरी २ जना, स्थानीय प्रशासन तथा वीरगञ्ज महानगरपालिकाले चलाएको एक घर एक परीक्षणअन्तर्गतको मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading...