रक्सीको लत मेट्न सेनीटाइजर खाँदा ………..

विराटनगर, १७ साउन । भारतको आन्ध्र प्रदेशमा रक्सीको लत मेट्न किटाणु मार्न हातमा लगाउने सेनीटाइजर खाँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

लकडाउनका बेला मदिरा पसल बन्द भएपछि लत मेट्न उनीहरुले सेनीटाइजर खाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसका संक्रमितहरु बढेपछि आन्ध्र प्रदेशको कुरिचेदू गाउँमा लकडाउन गरिएको छ ।

सो गाउँमा व्यक्तिले रक्सी नपाउँदा सहज रुपमा पाइने रक्सीमा आधारित सेनिटाइजरलाई पानी र अरु पेय पदार्थमा मिसाएर खाएका कारण घटना भएको हो ।

सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो या थिएन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसका लागि सेनिटाइजरको नमूना परीक्षणका लागि पठाइएको छ ।

Loading...