birat ribon

पर्सामा सांसदसहित थप ६४ जनालाई कारोना संक्रमण

Neuro
पर्सामा सांसदसहित थप ६४ जनालाई कारोना संक्रमण

विराटनगर, १७ साउन । पर्सामा सांसदसहित थप ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Padelux insider
cura insider

कोरोनाको शंका लागेसँगै स्वाब संकलन गरेर वीरगन्जस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणपछि शुक्रबार राति उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेमा पर्सा क्षेत्र नम्बर १ का सांसद, उनका सवारी चालक र अंगरक्षकसहित छन् ।

सांसद अहिले होमआइसोलेसनमा छन् ।

उनले आफूलाई ज्वरो नभएको, सामान्य खोकी मात्रै लागेको र शनिबार बिहानदेखि भने पखाला पनि चलेको बताए ।

यसअघि बिहीबार राति वीरगन्ज महानगरपालिका नगरप्रमुख विजय सरावगीमा पनि संक्रमण पुष्टि भइसकेको छ ।

शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जनामध्ये ६१ जना पुरूष र तीन जना महिला रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन मदन उपाध्यायले जानकारी दिए ।

संक्रमित हुनेहरुमा १५ वर्षका बालकदेखि ६८ वर्षकी वृद्धासम्म रहेका छन् ।

संक्रमण पुष्टि भएका मध्ये दुई जना अस्पतालका २ जना स्वास्थ्यकर्मी पनि छन् ।

योसँगै पर्सा जिल्लामा संक्रमितको संख्या चार सय ६२ पुगेको छ ।

jackson ribon