birat ribon

डिजिटल प्रविधिबाट जग्गाको नापजाँच

Neuro
डिजिटल प्रविधिबाट जग्गाको नापजाँच

विराटनगर, १७ साउन । जग्गामा हुने विवाद समाधान गर्न नापी विभागले डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको छ ।

Padelux insider
cura insider

यसबाट जग्गा नापी थप वैज्ञानिक, तथ्यपूर्ण र पारदर्शी हुने बताइएको छ ।

यसबाट जमिनको साँध सिमाना यथार्थ हुने भएकाले हाल प्रचलित नापी प्रणालीको जस्तो विवाद नहुने बताइएको छ ।

नापी विभागका अनुसार यसै महिनादेखि देशभर नै नयाँ प्रक्रिया लागूभएको छ ।

विभागका निर्देशक दामोदर ढकालले साँध सँधियारले हचुवा तरिकाले देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्ति अब अन्त्य हुने बताए ।

विगतमा गरिएको नापी नक्साले कतिपय अवस्थामा जग्गाको हाल साबिकको अवस्था कतिपय स्थानमा नमिलेकाले यस्तोमा भएको विवाद डिजिटल प्रविधिबाट अब निरुपण हुने निर्देशक ढकालको भनाइ छ ।

खेती, उद्योग, विकास निर्माण गरिने जग्गाको उचित संरक्षण यो प्रविधिको नाप नक्साबाट हुने उनले स्पष्ट पारे ।

विगतमा भएका कतिपय नापी त्रुुटिपूर्ण रहेको बताउँदै उनले उहिल्यैको कर्मचारी र नागरिकको चेतनाका कारण त्रुटि भएकोमा अब यो प्रविधिबाट त्रुटि सच्चिएर यकिन नाप नक्सा आउने बताए ।

वि.सं.२०२१÷२२ सालमा काठमाडौँँ उपत्यका र पहाड तथा २०३३ सालमा तराईका जग्गा नाप नक्सा हुँदा फित्ताले नाप्ने प्रविधि उपयोग भएको थियो ।

हालसम्म त्यसैको निरन्तरता दिइने गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon