भारतमा संक्रमित संख्या १७ लाख नजिक

विराटनगर, १७ साउन । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १७ लाख नजिक पुगेको छ ।

पछिल्लो १४ घण्टामा ५७ हजार सात सय चार जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या १६लाख ९७ हजार ५४ पुगेको हो ।

कोरोनाकै कारण हालसम्म ३६ हजार पाँच सय ५१ जनाले ज्यान गुमाएका छन् ।

१० लाख ९५ हजार छ सय ४७ जना उपचारपछि निको भएका छन् ।

पाँच लाख ६४ हजार आठ सय ६५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा एकै दिन ७० हजार ५२ संक्रमित थपिएका छन् ।

त्यहाँ हालसम्म ४७ लाख पाँच हजार ३७ संक्रमित पुगेका छन् ।

एक लाख ५६ हजार सात सय ४२ जनाले ज्यान गुमाएका छन् ।

२२ लाख २१ हजार दुई सय २३ जना उपचाररत रहेकोमा १८ हजार सात सय २२ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा ५२ हजार पाँच सय नौ जना नयाँ बिरामी थपिएपछि ब्राजिलमा हालसम्म संक्रमित हुनेको संख्या २६ लाख ६६ हजार दुई सय ९८ पुगेको छ ।

ब्राजिलमा कोरोनाकै कारण ९२ हजार पाँच सय ६८ जनाले ज्यान गुमाइसकेका छन् ।

१८ लाख ८४ हजार ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

छ लाख ८९ हजार छ सय ७९ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विभिन्न मुलुकमा संक्रमण तीव्र रुपमा फैलने क्रम जारी रहेसँगै विश्वमा हालसम्म संक्रमित संख्या एक करोड ७७ लाख ४४ हजार आठ सय तीन पुगेको छ ।

एकै दिन दुई लाख ८१ हजार तीन सय छ जना नयाँ बिरामी थपिएका छन् ।

छ लाख ८२ हजार एक सय ९२ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा छ हजार दुई सय २९ जनाको मृत्यु भएको छ ।

एक करोड ११ लाख ५१ हजार तीन सय २८ जना उपचारपछि निको भएका छन् ।

५९ लाख ११ हजार दुई सय ८३ जना उपचाररत छन् ।

उपचार गराइरहेका मध्ये ६५ हजार पाँच सय ३७ जनाको अवस्था गम्भीर रहेको वाल्डोमिटरले जनाएको छ ।

Loading...