विराटनगर, १६ साउन । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि शुक्रबार रातिबाट विराटनगर महानगरपालिका भित्र लकडाउन आह्वान गरिएको छ ।
संक्रमण नियन्त्रणका लागि दुईसाता लामो लकडाउन गरेको विराटनगर महानगरपालिकाले लकडाउन कडा बनाउने बताएकाे छ ।
महानगरपालिकाले मानिसको भिडभाड हुने स्थान बन्द गर्नेछ । लकडाउन उल्लङघन गरेको पाइए कारवाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।
११ चैतदेखि ७ साउनसम्म संघिय सरकारले आह्वान गरेको लकडाउन भन्दा यो पटक आह्वान गरिएको लकडाउन कडा हुने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
‘संक्रमण समुदायस्तरमा संक्रमण फैलिएको छ ।’ उनले भने ‘ महानगरवासीको माग अनुसार लकडाउन भएको छ । कार्यान्यन विगतको भन्दा कडा हुन्छ ।’
विराटनगर महानगरपालिकाले १४ दिनसम्म लकडाउनको घोषणा शुक्रबार गरेको हो । लकडाउन ३० साउनसम्म रहनेछ ।
संक्रमणको जोखिम उच्च भएकाले लकडाउनलाई कडा बनाइने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
समुदायस्तरमा संक्रमण फैलिएकाले परीक्षणको दायरा बढाउन लकडाउन कडा गरिने उनले बताए ।
