विराटनगर, १६ साउन । माइ खोलामा पूजा गर्न गएका एक पुरुषलाई खोलाले बगाएर मृत्यु भएको छ । ईलामको माङसेबुङ गाउँपालिका– ५ का २८ बर्षीय चन्द्रबहादुर थेगिमको माई खोलाले बगाएर मृत्यु भएको हो ।
शुक्रबार बिहान साँढे १० बजेको समयमा परिवार माई खोलामा पूजा गर्न गएका उनी पूजा गर्नु अघि खोलामा नुहाउने क्रममा बगेका थिए ।
खोलाले बगाउँदा थेगिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।