birat ribon

प्रि-एडमिसनको नाममा असुलिरहेको शुल्कप्रति विद्यार्थी संगठनको ध्यानाकर्षण, शुल्क उठाउने कार्य तुरुन्त बन्द गर्न माग

Neuro
प्रि-एडमिसनको नाममा असुलिरहेको शुल्कप्रति विद्यार्थी संगठनको ध्यानाकर्षण, शुल्क उठाउने कार्य तुरुन्त बन्द गर्न माग

विराटनगर, साउन १६ । प्रि–एडमिसनको नाममा अभिभावकसँग मनोमानी शुल्क असुल नगर्न निजी शैक्षिक संस्थालाई मोरङका विद्यार्थी संगठनले आग्रह गरेका छन् ।

Padelux insider
cura insider

यस विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै शुल्क लिने कार्य तुरुन्त बन्द गर्न विद्यार्थी संगठनले माग गरेका छन् ।

शुक्रबार मोरङका ६ विद्यार्थी संगठनले संयुक्त रूपमा प्रेस–विज्ञप्ति जारी गर्दै निजी शैक्षिक संस्थाको यस्तो कार्य नरोकिए आफूहरू जस्तोसुकै कदम चालन पनि बाध्य हुने बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियनलगायत ६ विद्यार्थी संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीका कारण भएको लकडाउनले आम अभिभावकको दैनिक जीवन निर्वाह गर्न नै कठिन भएको अवस्थामा विभिन्न बहना बनाई अभिभावकलाई अनेक दबाब दिएर मनोमानी रूपमा शुल्क असुल गर्ने कार्य बन्द गरियोस् ।’

निजी शैक्षिक संस्थाको यस्तो कार्यले कलिला विद्यार्थीहरूको मनोविज्ञानलाई समेत असर पार्ने भन्दै विद्यार्थी युनियनहरूले विशुद्ध व्यापारीक मनोवृत्ति राखी कुनै पनि शीर्षकमा शुल्क नअसुल्न माग गरेका हुन् ।

jackson ribon