पथरी शनिश्चरेमा गाँजा कारोवार गरेकाे आरोपमा दुई जना पक्राउ

विराटनगर, १६ साउन । मोरङको पथरीशनिश्चरेबाट प्रहरीले गाँजा कारोवार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पथरी शनिश्चरे नगरपालिका– ६ बाट गाँजा बिक्री बितरण गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ३२ वर्षीय बर्ममोहन यादव र दिनेश धिमाल छन् । यादवले लागूऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले यादवको घरबाट १ केजी गाँजा र नगद ८ हजार १५० बरामद गरेको थियाे ।

सोही कार्यमा संग्लग्न भएको आरोपमा पथरीशनिश्चरे नगरपालिका– ४ का १८ बर्षीय दिनेश धिमाललाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

Loading...