birat ribon

चिसाङ खोलामा बग्दै गरेका दुईजनाको उद्दार

Neuro
चिसाङ खोलामा बग्दै गरेका दुईजनाको उद्दार

विराटनगर, १६ साउन । चिसाङ खोलामा बग्दै गरेका दुई जनाको उद्दार गरिएको छ । शुक्रबार दिउँसो करिब साढे ४ बजे चिसाङ खोला तर्ने क्रममा बीचमा पुगेपछि पानीको बहाव बढेपछि बगेका दुई जनाको उद्दार गरिएको हो ।

Padelux insider
cura insider

धनकुटा छिन्ताङ– २ घर भई मोरङ केराबारी गाउपालिका– ६ आफन्तको घरमा बस्दै आएका बर्ष २४ को रोशन राई र सोही स्थानका १९ वर्षिय ममता राईको खोलाले बगाउँदै गर्दा उद्दार गरिएको हो ।

उनीहरुलाई खोलाले ५० मिटर बगाएको थियो । खोलाले बगाउँदै गरेको देखेपछि स्थानिय र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको हो ।

उद्दार गरिएका दुई जनालाई स्थानिय मेडिकल केराबारीमा उपचार गरिएको गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

चिसाङ खोलाको बीचमा रहेको टापुमा फसेका मोरङको लेटाङ नगरपालिका– ३ का ४५ बर्षीय सन्तोष राईको पनि उद्दार गरिएको छ । शुक्रबार बेलुका दाउरा खोज्ने क्रममा खोलाको टापुमा फसेका राईको उद्दार गरिएको हो ।

खोलाको बिच टापुमा दाउरा टिप्न गएको अवस्थामा एक्कासी पानीको बहाब बढी टापुमै फसेका राईको प्रहरी टोलीले पौने ५ बजे सकुशल उद्धार गरेको हो ।

jackson ribon