विराटनगरमा कोरोना संक्रमणकाे ‘चेन’ तोडने कसरी ?

विराटनगर, १६ साउन । विराटनगरमा यात्रा विवरण नभएका मानिसमा कोरोना भाइरसको संक्रमण फैलने दर बढेको छ । यात्रा विवरण नभएका व्यक्ति संक्रमित हुन थालेपछि कोरोना संक्रमण तिब्रगतिमा फैलदै गएको छ ।

सरकारले चैत्र ११ गते गरेको लकडाउन साउन ७ गते खोलेको थियो । लकडाउन खुले सँगै विराटनगरमा संक्रमणको ‘चेन’ लम्बिदै गएको हो ।

लकडाउन अगाडी ३० जना भन्दा कम रहेको विराटनगर महानगरपािलकामा लकडाउन खुले पछि शुक्रबारसम्ममा संक्रमितको संख्या १ सय ८ पुगेको छ ।

समयमा संक्रमणाको चेन ब्रेक नगर्ने हो भने भयाभहको अवस्था आउन सक्छ । जनस्तरमा घुलमिल हुने स्वस्थ्यकर्मी देखि प्रहरी सम्म संक्रमित भएका छन् । यात्रा विवरण नभएका मानिस पनि संक्रमण चेनमा थपिदै गएका छन ।

संक्रमणको चेन तोडनलाई विश्वव्यापी रुपमा लकडाउनको साहरा लिने गरिएको महानगरका जनस्वस्थ्य महाशाखा प्रमुुख रमेश कार्कीले बताउँछन् । लकडाउन गरी परीक्षणकाे दायरा बढाएकाे अवस्थामा संक्रमणको ‘चने’ तोड्न सकिने उनले बताए ।

मानिसले सावधानी नअपनाई भिडभाडमा गएको अवस्थामा संक्रमण झन बढ्दै जाने उनले बताए ।‘यसको संक्रमण दर तिब्र छ ।’ उनले भने ‘ संक्रमण ज्यामितीय रुपमा बढी रहेको देखिन्छ ।’

संक्रमणको चेन फैलान नदिन सबै सचेत हुनु पर्ने उनले बताए । समय-समयमा हात धुने,मास्क लगाउने, भिडभाडमा नजाने गर्नाले संक्रमण फैलनबाट रोक्न सकिने उनले बताए ।

संक्रमण रोक्नका लागि परीक्षणको दायरा पनि बढाउनु पर्ने उनले बताए । महानगरले शनिबार ३० साउनसम्मका लागि लकडाउन गरेकाले परीक्षणको दायरा बढाउने उनले बताए ।

जनस्वस्थ्य विद डाक्टर नवराज सुब्बा संक्रमण रोक्नका लागि सतर्कता नै मुख्य भएको बताउँछन् ।उनले आमा समुह, विभिन्न संजाल, सामाजिक संजललगायतबाट चेतना फैलाउनु पर्ने बताए ।

हात धुने, मास्क लागाउने भिडभाडमा नजाने गर्नाले कोरोना संक्रमण रोक्न सकिने उनले बताए । अग्रपक्तीमा रहेका स्वस्थ्यकर्मी, सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षा समग्रीको प्रयाप्त प्रयोग गरेर काममा जानु पर्ने उनको सुझव छ ।

संक्रमण ‘सर्कल ब्रेक’ गर्न विराटनगरमा लडकडाउन

शुुक्रबार राति १२ बजेबाटै लागू हुने गरी ‘लकडाउन’ गरिएको भए पनि त्यसको कार्यान्वयन र पालना गराउने सवालमा शनिबार बिहानैबाट सबै ठाउँमा कडाई गरिएको छ ।

Posted by Koshi Online on Saturday, August 1, 2020
Loading...