प्रदेश १ मा संक्रमितको संख्या हजार नाघ्यो

विराटनगर, १६ साउन । प्रदेश १ मा कोरोना संक्रमितको संख्या हजार नाघेकाे छ । शुक्रबार थप ३१ जनामा संक्रण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको हो ।

झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए ।

झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनवर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. मेहताले बताए ।

प्रदेश १ मा आज ६ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज परीक्षण गरिएकामध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Loading...