birat ribon

कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो

Neuro
कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो

विराटनगर, १६ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप २२४ जनामा कोरोना पोजिटिभ भएको जानकारी दिएको छ ।

विभिन्न प्रयोगशालामा १० हजार ७६८ जनामा गरिएको पीसीआर परीक्षणमा थप २२४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितमध्ये जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । संक्रमितमध्ये ७२.८ प्रतिशतले काेराेना जितेका हुन् ।

पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले पर्साका एक महिलासहित चार जनाकाे काेरोनाका कारण मृत्यु भएकाे जानकारी दिए ।

jackson ribon