birat ribon

थप १५१ जना कोरोनाबाट निको भए

Neuro
थप १५१ जना कोरोनाबाट निको भए

विराटनगर, १६ साउन । पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त हुँदै घर फर्किएका छन् ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार आज थप १५१ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । संक्रमितमध्ये ७२.८ प्रतिशतले काेराेना जितेका हुन् ।

कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । मन्त्रालयले शुक्रबार थप २२४ जनामा कोरोना पोजिटिभ भएको जनाएकाे छ ।

कुल संक्रमितमध्ये जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले पर्साका एक महिलासहित चार जनाकाे काेरोनाका कारण मृत्यु भएकाे जानकारी दिए ।

jackson ribon