birat ribon

नेपालमा कोरोनाबाट मृत्यु हुनेमा ८२ प्रतिशत पुरुष

Neuro
नेपालमा कोरोनाबाट मृत्यु हुनेमा ८२ प्रतिशत पुरुष

विराटनगर, १६ साउन । नेपालमा बिहीबारसम्म कोभिड-१९ का कारण मृत्यु भएका ५२ जना बिरामीको तथ्यांक हेर्दा मृत्यु हुनेमा धेरै पुरुष रहेको पाइएको छ ।

Padelux insider
cura insider

कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु हुनेमा ८२ प्रतिशत पुरुष रहेका छन् । कामका लागि घर बाहिर निस्कनुपर्ने बाध्यता रहेको हुँदा पुरुषहरूमा बढी कोरोना भाइरस सङ्क्रमण देखिने र धेरै मृत्यु हुने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

नेपालमा सबैभन्दा बढी ४० देखि ४९ वर्ष उमेरका व्यक्तिहरूले कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

समग्रमा कुल मृत्यु हुनेमध्ये लगभग ७० प्रतिशत ४० वर्ष उमेर कटेकाहरू छन् । तर, हालैका दिनमा वृद्ध उमेर समूहमा मानिसहरूको मृत्यु हुने क्रम बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जनाएका छन् ।

मृत्यु हुनेमध्येमा झन्डै दुई तिहाइ व्यक्तिमा पुरानो रोग वा शारीरिक समस्या भएको र एक तिहाइमा भने कोरोनाभाइरस हुनुअघि गम्भीर खालको स्वास्थ्य समस्या नरहेको पाइएको छ ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे कोरोना भाइरसको सङ्क्रमण देखिएर मृत्यु भएकाहरू धेरैमा अन्य रोगहरू पनि रहेको बताउँछन् ।

पुरानो रोग वा समस्या भएकाहरूमा सबैभन्दा बढीमा श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी रोग देखिएको छ । साथै मधुमेह, मिर्गौलासम्बन्धी समस्या र मुटुसम्बन्धी समस्याहरू पनि छन् ।

हालसम्म देखिएका सङ्क्रमितहरूमा रोगसँग लड्नसक्ने क्षमता भएको ठानिएका युवाहरू नै धेरै छन् । तर, भाइरस रोगप्रतिरोधी क्षमता कम भएका ६० वर्ष माथिका र बालबालिकाको उमेर समूहमा पुगेको खण्डमा भने मृत्युदर पनि नियन्त्रणभन्दा बाहिर जान सक्ने बताइएको छ ।

jackson ribon