‘प्रेमगीत ३’ रिलिज नहुँदै नव अभिनेता मनिष नयाँ फिल्ममा अनुबन्धित

विराटनगर, १६ साउन । फिल्म ‘प्रेमगीत ३’ रिलिज नहुँदै नव अभिनेता मनिष राउत नयाँ फिल्ममा अनुबन्ध भएका छन् ।  

‘डक्टर डेनिम’ नामक क्लोथिङ्ग ब्राण्डले निर्माण गर्न लागेको फिल्ममा उनी मुख्य अभिनेताको भूमिकामा अनुबन्धित भएका हुन् ।

‘डक्टर डेनिम’ का सिइओ निलुस गौतम निर्माता रहनेछन् ।

‘मनिषको क्रेज देखेरै लामो समयसम्मको लागि ‘डक्टर डेनिम’ को ब्राण्ड एम्बेसडर बनाएका हौँ’, गौतमले भने, ‘मनिषको क्रेजबाट ब्राण्ड स्थापित गर्न सफल भएको हुँदा फिल्म बनाउन लागेका छौँ ।’

मनिषको जोडीको रूपमा भने नयाँ नायिका छनौटकाे कार्य भइरहेको गौतमले जानकारी दिएका छन् ।

आगामी वर्ष प्रदर्शन गर्ने गरी निर्माण हुने फिल्मका निर्देशक, लेखकसहित अन्य टिमको बारेमा जानकारी गराइएको छैन ।

केही समयमा नै फिल्मको नामसँगै लेखक तथा निर्देशकको परिचय दिने निर्माण टिमको योजना छ । फिल्म नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुने भएको छ ।

‘प्रेमगीत ३’मा मनिषले अभिनेता प्रदीप खड्काको भाई अर्थात् राजकुमारको भूमिका निर्वाह गरेका छन् । कोरोनाको महामारीका कारण रिलिज हुन नसकेको फिल्म आउँदो वैशाखमा प्रदर्शन हुने बताइएको छ ।

Loading...