‘छक्का पञ्जा ४’ को निर्माण कार्य स्थगित

विराटनगर, १६ साउन । ‘छक्का पञ्जा ४’ २०७७ सालको दसैँमा प्रदर्शन हुनेगरी निर्माण घोषणा गरिएको थियो ।

तर, कोरोना भाइरस संक्रमणको जोखिममा कारण ‘छक्का पञ्जा ४’ निर्माणको कामलाई स्थगित गरिएको निर्देशक, निर्माता तथा कलाकार दीपकराज गिरीले बताएका छन् ।

दीपाश्री निरौलाको निर्देशनमा तयार हुने भनिएको फिल्म ओभरसिज बजार अस्तव्यस्त भएका कारण तत्काल महंगो लगानीमा निर्माण हुने ‘छक्का पञ्जा ४’लाई स्थगित गर्ने निर्णय गरिएको हो ।

निर्माता गिरीका अनुसार, ‘छक्का पञ्जा ४’ निर्माण गर्नका लागि ३ करोडभन्दा बढी बजेट लाग्ने र फिल्मको छायांकनका लागि १ वर्ष लाग्ने छ ।

फिल्मलाई विभिन्न समय र फरक-फरक परिवेशमा छायांकन गर्नुपर्ने भएकाले १ वर्ष लाग्ने भएको हो । गिरिले फिल्म ‘छक्का पञ्जा ४’ भन्दा पहिले अर्को फिल्मको तयारी गरिरहेका छन् ।

नयाँ टिमसँग सहकार्य गरेर काम गर्दै गरेका उनले उक्त फिल्म २०७८ सालको सुरुतिर नै रिलिज गर्ने योजना रहेको बताएका छन् ।

Loading...