विराटनगरमा कोरोना संक्रमितको संख्या सय नाघ्यो

विराटनगर, १६ साउन । विराटनगरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या सय नाघेको छ ।

शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १०७ पुगेको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शुक्रबार विराटनगर–५ का २ जना, विराटनगर–२ का २ जना, ६ का १ जना, ११ का २ जना, १२ का २ जना १७ का २ जना र अन्य १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काेशी अस्पतालमा कार्यरत तीन जना कर्मचारी रहेका जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

Loading...