बार्सिलोनाको नयाँ अवे जर्सी सार्वजनिक

एजेन्सी, १६ साउन । स्पेनिस क्लब बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक भएको छ ।

सन् २०२०–२१ को सिजनका लागि बार्सिलोनाले आफ्नो नयाँ अवे जर्सी सार्वजनिक गरेको हो ।

बार्सिलोनाले शुक्रबारबाटै नयाँ अवे किट उपलब्ध रहेको जनाएको छ ।

स्पेनिस शीर्ष डिभिजनको लिग ला लिगाको नयाँ सिजन १२ सेप्टेम्बरबाट सुरु हुनेछ ।

यस सिजन बार्सिलोनाले दोस्रो स्थानमा रहँदै लिग अन्त्य गरेको थियो । रियल मड्रिडले बार्सिलोनालाइ उछिन्दै सन् २०१७ यता पहिलोपटक ला लिगाको उपाधि जितेको हो ।

Loading...