कोरोना जितेका राष्ट्रपति बोल्सोनारो भन्छन् : हाइड्रोक्सिक्लोरोक्विन खाएर निको भएँ

विराटनगर, १६ साउन । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले हाइड्रोक्सिक्लोरोक्विन औषधिको सेवन गरेर काेराेनाबाट निको भएको बताएका छन् ।

७ जुलाईमा कोरोना संक्रमण भएपछि बोल्सोनारो तीन हप्तासम्म क्वारेन्टाइनमा बसेका थिए ।

बिहीबार उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

बीबीसीमा उल्लेख गरिएअनुसार उनले हाइड्रोक्सिक्लोरोक्विनको औषधि प्रभावकारी भएको बताएका हुन् । तर, विपक्षीले भने उनलाई संक्रमण नै नभएको दाबी गरेका छन् ।

बोल्सोनारोका प्रतिद्वन्द्वी तथा ब्राजिलका पूर्वराष्ट्रपति लुसा डिसिल्वाले बोल्सोनारोलाई कोरोना संक्रमण भएको कुरामा आफूलाई शंका लागेको जनाएका छन् ।

बोल्सोनारोले आफ्नो संक्रमणबारे अफवाह फैलाएर उपचारको प्रोपोगान्डा गर्नका लागि यस्तो गरेको लुलाको भनाइ छ ।

बोल्सोनारोकी श्रीमती मिशेल बोल्सोनारोलाई भने बिहीबार कोरोना संक्रमण देखिएको छ ।

बोल्सोनारोले आफ्नी श्रीमतीले भने हाइड्रोक्सिक्लोरोक्विन सेवन गरे-नगरेको विषयमा जानकारी दिएका छैनन् ।

Loading...