‘झ्यानाकुटी २’ मा पनि सौगात र बेनिशा

विराटनगर, १६ साउन । निर्देशक सिमोस सुनुवारको निर्देशनमा ‘झ्यानाकुटी २’ बन्ने भएको छ ।

‘झ्यानाकुटी’ को दोस्रो भागको लागि यति बेला काम भइरहेको छ । यसको स्क्रिप्ट लेखक प्रदीप भारद्वाजले तयार पारेका छन् ।

निर्माण टिमबिच फिल्मको सिक्वेल वा प्रिक्वेल बनाउने विषयमा छलफल भइरहेको निर्देशक सुनुवारले जानकारी दिएका छन् ।

लेखक प्रदीपजीले सिक्वेलका लागि स्क्रिप्ट तयार पारेको भएपनि आफूलाई प्रिक्वेल बनाउँदा राम्रो हुने उनको भनाइ छ ।

फिल्मको सिक्वेल वा प्रिक्वेल जुन बने पनि अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालनै दोहोरिने निर्देशक सुनुवारले बताएका छन् ।

सौगात र बेनिशाको मुख्य भूमिका रहेको फिल्म झ्यानाकुटीलाई अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी थिइन् । वैवाहिक जीवनमा उत्पन्न हुने समस्यामा केन्द्रित रहेको फिल्मले भने सुखद व्यापार गर्न सकेको थिएन ।

Loading...