काठमाडौं, १६ साउन । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।
आज सुनको प्रतितोला मूल्य ९९ हजार तीन सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला ९९ हजारमा कारोबार भएको थियो । आज तोलामा ३ सय रुपैयाँ बढेको हो ।
त्यसअघि बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
यता, चाँदीको मूल्य भने निरन्तर घटिरहेको छ । बुधबार १२ सय ४५ रहेको चाँदी बिहीबार १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज भने १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
