birat ribon

सय वर्षे गुरुयोजनाको विरोधमा पशुपती क्षेत्रका बासिन्दा आन्दोलित

Neuro
सय वर्षे गुरुयोजनाको विरोधमा पशुपती क्षेत्रका बासिन्दा आन्दोलित

काठमाडौं, १६ साउन । पशुपति क्षेत्र विकास कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन् ।

Padelux insider
cura insider

पशुपति क्षेत्र आसपासका प्राचीन वस्ती विस्थापित गर्नेगरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन् । स्थानीयहरूले शुक्रबार पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनास हुनेगरी गुरुयोजना आएको भन्दै विरोध जनाएका छन् ।

पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्रचीन बस्ती र धार्मीक महत्त्व बीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन वस्ती नहटाउन स्थानीयले माग गरेका हुन् ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले नेपालको सभ्यता र पहिचान बोकेको मौलिक संस्कृति, मूर्त–अमूर्त सम्पदा तथा प्राचीन बस्ती तथा संस्कृति नै विस्थापित गर्नेगरी ल्याइएको गुरुयोजनाको विरोध गरिएको बताए ।

उनले गुरुयोजना विनासकारी र अदुरदर्शी रहेकाले खारेज गर्न सरकारसँग माग गरे ।

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र आसपासमा रहेका बस्तीहरू हटाउने गरी एकसय वर्षे रणनीतिक गुरुयोजना प्रस्ताव गरेको छ । त्यसैको विरोध गर्दै स्थानीयले संवेदनशील पाशुपत क्षेत्रलाई पशुपति क्षेत्र विकास कोषले खेलवाड गरी विनास र विध्वांशात्मक नीति लिएको बताएका छन् ।

jackson ribon