डेबालाले आफ्नो कमाइको एक प्रतिशत रकम सहयोग गर्ने

एजेन्सी, १६ साउन । इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डेबाला पनि ‘कमन गोल’मा सरिक भएका छन् ।

कमन गोल एक सहयोगी अभियान हो जसले आफ्नो कमाइको एक प्रतिशत रकम च्यारिटीमा सहयोग गर्नेछ । कमन गोलको सुरुआत स्पेनिस फुटबलर जुआन माताले गरेका हुन् ।

यस अभियानमा सरिक हुने डेबाला १५९औं व्यक्ति बनेका छन् ।

यसअघि जर्जिनियो चेइलिनी, माट्स हुम्मेल्स, मेगान रापियोने र एलेक्स मोर्गान पनि यस अभियानमा सहभागी भइसकेका छन् ।

अब अर्जेन्टिनी स्टार डेबालाले आफ्नो कमाइको एक प्रतिशत रकम च्यारिटीमा सहयोग गर्ने छन् ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै डेबालाले आफू कमन गोलमा सरिक भएको घोषणा गरेका छन् ।

Loading...