हरिवंशको गाइजात्रा गीत ‘तिमी के को जान्ने’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १६ साउन । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा गीत सार्वजनिक गरेका छन् ।

हरिवंशकै शब्द, स्वर तथा संगीतमा तयार भएको गीतलाई बिहीबार महसञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतले देशको समसामयिक बिषय तथा नेपालका नेताहरूप्रति ब्यङ्ग्य प्रहार गरेको छ । सार्वजनिक गीतको भिडियोमा हरिवंशलाई नेताको भूमिकामा देख्न सकिन्छ ।

नेपालका सम्पूर्ण राजनीतिक दलहरूमा समर्पित गरिएको गीतको भिडियोमा हरिवंशका साथमा शशीकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुष्मा कार्की, धनराम मुस्कान, जयराम कार्की, गोबिन्द दुलाललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

गीतलाई भुपालमान सिंहले एरेन्ज गरेका हुन् ।

सागरराज शर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई हरि हुमागाँइको छायांकन गरेका हुन् भने सुशील न्यौपानेको सम्पादन तथा भीएफएक्स रहेको छ ।

Loading...