वृद्धाभत्ता लिन गई घर फर्किएकी वृद्धा मृत फेला

इलाम, १६ साउन । इलाममा वृद्धाभत्ता लिन गई घर फर्किएकी वृद्धा मृत फेला परेकी छन् ।

इलाम नगरपालिककाको कार्यालयमा वृद्ध भत्ता लिन गई घर फर्कँदै गरेकी देउमाई नगरपालिका–४ की ७२ वर्षीया सन्चरानी लिम्बू मृत फेला परेकी हुन् ।

उनी बिहीबार देउमाई नगरपालिका–२ मा रहेको सार्की खोलामा मृत फेला परेकी हुन् ।

हिजो अपरान्ह साँढे ५ बजे उक्त खोलामा वृद्धा मृतावस्थामा रहेको भन्ने जानाकरी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले मृतावस्थामा फेला परेकी लिम्बूको कानूनी प्रक्रिया पूरा गरी अन्य थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Loading...