birat ribon

आमापछि दीपेन्द्रको ‘चिसो मान्छे’ र ‘लकडाउन’

Neuro
आमापछि दीपेन्द्रको ‘चिसो मान्छे’ र ‘लकडाउन’

विराटनगर, १६ साउन । निर्देशक दीपेन्द्र के खनाल दुई नँया फिल्मको निर्देशन गर्न तयारी गरिरहेका छन् ।

Padelux insider
cura insider

‘आमा’ पछि उनले अब फिल्म ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन गर्ने भएका हुन् ।

उनले उक्त दुई फिल्मको नाम निर्माणका लागि चलचित्र विकास बोर्डमा दर्ता गराइसकेका छन् ।

दर्शकहरूले ‘आमा’ र ‘पशुपति प्रसाद’ निकै मनपराएको हुँदा दुई नयाँ फिल्म पनि सामाजिक विषयवस्तुमा नै आधारित हुने उनले बताएका छन् ।

चिसो मान्छेको कथा तयार पारिसकेको हुँदा सुरुमा ‘चिसो मान्छे’ बनाउने उनको भनाइ छ ।  

फिल्मको स्क्रिप्टमा काम सुरु गरिएको छ ।

‘आमा’ भन्दा नयाँ फिल्मलाई अझै राम्रो बनाउनु पर्ने चुनौती थपिएको हुँदा स्क्रिप्टमा मेहनत गरिरहेको उनको भनाइ छ ।

स्क्रिप्ट फाइनल भएपछि कलाकार अनुबन्द गरिने छ ।

अवस्था सहज हुनेबित्तिकै फिल्मको छायांकन सुरु गर्ने तयारी गरिरहेको दीपेन्द्र बताउँछन् ।

‘चिसो मान्छे’ पछि ‘लकडाउन’ निर्माण गरिने छ । दुवै फिल्ममा शर्मिला पाण्डेको लगानी रहने छ ।

jackson ribon