birat ribon

डब्लुएचओले भन्यो : अब विश्वले कोरोना भाइरससँग बाँच्न सिक्नु पर्छ

Neuro
डब्लुएचओले भन्यो : अब विश्वले कोरोना भाइरससँग बाँच्न सिक्नु पर्छ

विराटनगर, १६ साउन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अब विश्वले कोरोना भाइरससँग बाँच्न सिक्नुपर्ने बताएको छ ।

Padelux insider
cura insider

डब्लुएचओका प्रमुख टेड्रोस  एड्हानोम गेहब्रेयसले संगठनको दैनिक प्रेस ब्रीफिङको क्रममा विश्वमा रहेका सबैले कोरोना भाइरससँग बाँच्न सिक्नुपर्ने बताएका हुन् ।

साथै, मानिसहरूले आफ्नो र अरुको जीवनको रक्षा गर्नेक्रममा जीवन बाँच्न आवश्यक सावधानी पनि अपनाउनुपर्ने उनकाे भनाइ छ ।

गेब्रिससले हज यात्रामा साउदी अरेबियाले लगाएको प्रतिबन्धलाई औंल्याएर साउदी सरकारको प्रशंसा गर्दै भनेका छन्, ‘यस प्रकारको कठोर कदम चालेर सरकारले आजको युगको परिवर्तित वास्तविकतालाई निरन्तरता दिन सक्षम भएकाे छ । र, यो एउटा उदाहरण बनेको छ ।’

बीबीसीमा उल्लेख गरिएअनुसार उनले पुनः युवाहरू पनि कोरोना भाइरसबाट संक्रमित हुने जोखिम रहेको चेतावनी दिएका छन् ।

‘युवा पनि कोरोना संक्रमित हुनसक्छन्,’ उनले भने, ‘युवाहरूले अन्य व्यक्तिलाई संक्रमण फैलाउन सक्ने वा गम्भीर समस्या भएर मृत्यु पनि हुनसक्छ । त्यसकारण युवाहरूलाई आफ्नो सुरक्षाबाहेक अन्यको सुरक्षाको उपायहरू पनि अपनाउनु पर्छ ।’

jackson ribon