birat ribon

नेटवर्किङ कारोबार छानबिन गर्न संसदीय उपसमिति

Neuro
नेटवर्किङ कारोबार छानबिन गर्न संसदीय उपसमिति

विराटनगर, १६ साउन । संघीय संसद्को उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ कारोबार सम्बन्धमा छानबिन गर्न उपसमिति गठन गरेको छ ।

Padelux insider
cura insider

समितिले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा प्रकाश रसाइली, अमृता अग्रहरी, कृष्णकुमार श्रेष्ठ र सरिताकुमारी गिरी सदस्य छन् ।

उपसमितिले एक महिनाभित्र इजाजत प्राप्त कम्पनीका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउनेछ ।

समितिका सभापति विमल श्रीवास्तवले उपसमितिको प्रतिवेदनका आधारमा सरकारलाई कारबाहीको निर्देशन दिइने जानकारी दिए ।

‘सरकारले कसरी स्वीकृति दियो भन्नेमा अनुसन्धान सुरु गरेका छौं’ ,उनले भने, ‘अध्ययन प्रतिवेदन आएपछि सरकारलाई थप निर्देशन दिनेछौं ।’

प्रत्यक्ष वस्तु बिक्रीका नाममा नेटवर्किङ व्यवसाय मौलाउन लागेको भन्दै १३ वटा उजुरी परेपछि समितिले उपसमिति बनाएर अध्ययन अनुसन्धान थालेको हो ।

केही नेटवर्किङ व्यवसायीको पक्षपोषण हुने गरी वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६ मार्फत सरकारले नेटवर्किङ व्यवसायलाई बैद्यता दिएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ

jackson ribon