विराटनगर, १६ साउन । कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म ४६ लाख बढीलाई संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ६६ हजार चार सय ९७ नयाँ बिरामी थपिएसँगै अमेरिकामा संक्रमित संख्या ४६ लाख ३४ हजार पाँच सय ३४ पुगेको हो ।
कोरोनाकै कारण ज्यान गुमाउनको संख्या एक लाख ५५ हजार ७९ पुगेको छ ।
२२ लाख ७८ हजार ७८ जना उपचारपछि निको भएका छन् ।
प्रभावित मध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म २६ लाख १३ हजार सात सय ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
एकै दिन ५८ हजार दुई सय ७१ जना नयाँ बिरामी थपिएका छन् ।
हालसम्म ब्राजिलमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ९१ हजार तीन सय ७७ पुगिसकेको वाल्डोमिटरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा एक हजार एक सय ८९ जनाको मृत्यु भइसकेको छ ।
१८ लाख २४ हजार ९५ जना उपचारपछि निको भएर घर फर्किएका छ ।
छ लाख ९८ हजार तीन सय १७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
छिमेकी मुलुक भारत विश्वमै प्रभावित मध्येको तेस्रो नम्बरमा छ ।
पछिल्लो २४ घण्टामा ५४ हजार नौ सय ६६ जना नयाँ संक्रमित थपिएपछि कोरोनाकै कारण बिरामी हुनेको संख्या १६ लाख ३९ हजार तीन सय ५० पुगेको छ ।
भारतमा पनि कोरोना संक्रमणपछि ३५ हजार सात सय ८६ जनाले ज्यान गुमाइसकेका छन् ।
१० लाख ५९ हजार ९३ जना उपचारपछि घर फर्किएका छन् ।
पाँच लाख ४४ हजार चार सय ७१ जना उपचार गराइरहेका छन् ।
संक्रमित थपिने क्रम जारी रहँदा विश्वमा एक करोड ७४ लाख ५१ हजार नौ सय दुई जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ७४ हजार एक सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।
ज्यान गुमाउनेको संख्या छ लाख ७५ हजार पाँच सय ३१ पुगिसकेको छ ।
एक करोड नौ लाख १९ हजार नौ सय २६ जनाको उपचार सम्भव भएको छ ।
विश्वमा हाल ५८ लाख ५६हजार चार सय ४५ जना उपचार गराइरहेका छन् । जसमा ६६ हजार चार सय ६१ जनाको अवस्था गम्भीर छ ।