बेन्जेमालाई ला लिगा ‘प्लेयर अफ दि सिजन’ अवार्ड

एजेन्सी, १६ साउन । रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले ला लिगाको प्लेयर अफ दि सिजनको अवार्ड जितेका छन् ।

यो सिजनको ला लिगा जिताउन महत्त्वपूर्ण योगदान दिएका फ्रेन्च स्टार बेन्जेमाले रियलकै चार खेलाडीलाई उछिन्दै फाइभ स्टार प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् ।

ट्वीटर पोलमार्फत छनौट हुनेक्रममा बेन्जेमाले रियलका कप्तान सर्जियो रामोस, क्यासेमिरो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेलाई उछिन्दै सिजनको याे अवार्ड जिते ।

‘यो ट्रफी जितेकोमा म गर्व गर्छु । किनकि, यो फ्यानको तर्फबाट हो र यो धेरै नै महत्त्वपूर्ण छ । म खुशी छु र यसले मलाई मैदानमा अझ मेहनत गर्ने जिम्मेवारी थपेको छ,’ बेन्जेमाले अवार्ड जितेपछि भने ।

यसैगरी उनले ला लिगा जित्नु विशेष रहेपनि अब च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई हराउनु महत्त्वपूर्ण हुने बताए ।

‘ला लिगा जित्नु विशेष र कठिन पनि थियो । तर, हामीले महान काम गर्‍यौं । अब रियलको ध्यान च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीमाथि छ । टोलीले राम्रो गरिरहेको छ । अब हाम्रो काम गर्ने समय हो । सिटीलाई हराउनु महत्त्वपूर्ण छ ।’

Loading...